काठमाडौँ। पत्रकारहरू पक्राउ परेको घटनाप्रति प्रधानमन्त्री, उनको सचिवालय तथा प्रधानमन्त्री कार्यालयको कुनै पनि संलग्नता नरहेको स्पष्ट पारिएको छ। प्रधानमन्त्री सचिवालयका सदस्य एवं प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले सामाजिक सञ्जालमार्फत यसबारे आधिकारिक जानकारी दिँदै घटनाबारे पूर्वजानकारी समेत नरहेको बताइन्।

​उनका अनुसार उक्त घटनाबारे जानकारी पाउनासाथ प्रधानमन्त्रीले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न र समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएका थिए। प्रधानमन्त्रीको सोही निर्देशनपश्चात् पक्राउ परेका पत्रकारहरू रिहा भएको सचिवालयद्वारा दावी गरिएको छ।