काठमाडौँ। वरिष्ठ पत्रकार शिव गाउँलेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपप्रति गम्भीर आपत्ति जनाएका छन् । समाचारको स्रोत पत्ता लगाउने नाममा समाचार कक्षमै प्रवेश गरेर प्रहरीले पत्रकारहरूलाई पक्राउ गर्ने प्रवृत्ति सुरु भएकोप्रति लक्षित गर्दै उनले यदि यो क्रम रोकिएन भने देशमा संविधान नै समाप्त हुने चेतावनी दिनुभएको छ।
हालैका घटनाक्रमहरूप्रति टिप्पणी गर्दै उनले अब प्रेस र अभिव्यक्ति स्वतन्त्रताका लागि मात्रै लड्नुपर्ने दिन मात्र नभई, समग्रमा संविधान नै जोगाउनका लागि सडकमा उत्रिनुपर्ने स्थिति सिर्जना भएको स्पष्ट पारे। राज्यका निकायहरूबाटै कानुनी मर्यादा विपरीत सञ्चारगृहमाथि धावा बोल्ने कार्यले लोकतन्त्र र नागरिक अधिकारलाई गम्भीर संकटमा पारेको उनको निष्कर्ष छ।