काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले परम्परागत राजनीतिक दलहरू र आफ्नो नेतृत्व शैलीबिचको भिन्नता दर्शाउँदै सामाजिक सञ्जालमा वर्तमान राजनीतिक अवस्थाप्रति प्रतिक्रिया व्यक्त गरेका छन्।

​प्रधानमन्त्री शाहले अन्य दलहरूमा कार्यकर्ताहरू आपसमा भिड्ने र नेताहरू भने रमिता हेरेर हाँस्ने प्रवृत्ति रहेको टिप्पणी गरेका छन्। त्यसको विपरीत आफ्नो नेतृत्वमा भने नेता स्वयं अगाडि बढेर लड्ने र त्यसले आम मानिसमा मानवता र आशा जगाउने दाबी उनले गरेका छन्।

​देशको वर्तमान राजनीतिक अवस्थाप्रति लक्षित गर्दै प्रधानमन्त्री शाहले ‘देश जोगाउने’ र केवल ‘पार्टी जोगाउने’ सोचबिच ठूलो फरक हुने बताएका छन्। पार्टी स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको हितमा समर्पण हुनु नै मुख्य दायित्व भएको सन्देश उनको उक्त स्टेटसले दिएको छ।