​नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद (UNHRC) को सदस्यमा पुन: फराकिलो मतान्तरका साथ निर्वाचित भएको छ। संयुक्त राष्ट्रसङ्घीय महासभामा भएको निर्वाचनमा नेपालले सन् २०२७ देखि २०२९ सम्मको ३ वर्षे कार्यकालका लागि सफलता हासिल गरेको हो।​निर्वाचनका क्रममा कुल १८० सदस्य राष्ट्रहरूले मतदान गरेकोमा नेपालले १७३ मत प्राप्त गरेको छ। यो मत नेपाल सम्मिलित एसिया-प्रशान्त क्षेत्रीय समूहमा सबैभन्दा बढी हो। नेपालले बहुपक्षवाद, मानव अधिकार, अन्तर्राष्ट्रिय कानुन र नियम आधारित अन्तर्राष्ट्रिय प्रणालीप्रति देखाएको निरन्तर प्रतिबद्धतालाई राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूले उच्च मूल्याङ्कन गर्दै यो विश्वास जिताएका हुन्।

​नेपालले आफ्नो यो ऐतिहासिक जितमा सहयोग र भरोसा प्रकट गर्ने सम्पूर्ण राष्ट्रसङ्घीय सदस्य राष्ट्रहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ। आगामी कार्यकालमा नेपालले कसैलाई पनि पछाडि नछाडी मानव मर्यादा, सामाजिक न्याय, समावेशिता र समतामूलक विकासका लागि विश्व समुदायसँग नजिक रहेर काम गर्ने प्रतिबद्धता दोहोर्याएको छ।