ललितपुरस्थित उच्च अदालत पाटनका उपरजिस्ट्रार (रा.प. द्वितीय) डिल्ली प्रसाद पराजुलीको असामयिक निधन भएको छ। उहाँको निधनप्रति शोक व्यक्त गर्दै उच्च अदालत पाटनले आज (२०८३ असार १६ गते) का सम्पूर्ण इजलासबाट हुने मुद्दाको सुनुवाइ स्थगित गरेको जनाएको छ। अदालतले सम्बन्धित सबै सरोकारवालालाई उक्त निर्णयबारे जानकारी लिन अनुरोध गरेको छ।