कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले दसैँअघि नै उखु किसानलाई अनुदान रकम भुक्तानी गर्न निर्देशन दिनुभएको छ।
आज मन्त्रालयअन्तर्गत बसेको Senior Management Team (एसएमटी) बैठकमा मन्त्री चौधरीले उखु उत्पादन अनुदानसम्बन्धी भुक्तानी कार्यविधि स्वीकृत भइसकेकाले दसैँअघि नै अनिवार्य रूपमा किसानको हातमा रकम पुग्ने व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो।
उखु उत्पादक किसानलाई प्रोत्साहनस्वरूप उपलब्ध गराइने अनुदान रकम वितरणका लागि सम्बन्धित कार्यविधि २०८३, स्वीकृत गरिसक्नु भएको छ । आर्थिक वर्ष २०८३।८४ मा निकासा भएको १ अर्ब ५० करोड ५० हजार रुपैयाँ अनुदान निकासा भएको छ ।
किसानले समयमै अनुदान रकम पाउनुपर्नेमा जोड दिँदै मन्त्री चौधरीले भुक्तानी प्रक्रियामा ढिलाइ नगर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।