कानुनी शिक्षा, अनुसन्धान, प्रविधि र व्यावहारिक अभ्यासलाई एकीकृत गर्दै ग्लोबल स्कूल अफ ल नयाँ पुस्ताका कानून विद्यार्थीहरूको निम्ति आकर्षक गन्तव्य बन्दै
नेपालमा कानुनी शिक्षा अब केवल अदालत, वकालत वा सरकारी सेवासँग मात्र सीमित विषय रहेन। लोकतन्त्र, सुशासन, मानव अधिकार, व्यवसायिक कानून, प्रविधि, साइबर अपराध, वित्तीय कारोबार, अन्तर्राष्ट्रिय सम्बन्ध र नीति निर्माणसम्म कानूनको आवश्यकता झन् फराकिलो हुँदै गएको छ। समाज बदलिँदै जाँदा कानून बुझ्ने, विश्लेषण गर्ने र व्यवहारमा लागू गर्न सक्ने दक्ष जनशक्तिको माग पनि तीव्र रूपमा बढिरहेको छ।

यही बढ्दो आवश्यकतालाई सम्बोधन गर्दै ग्लोबल स्कूल अफ ल कानून अध्ययनका लागि एक आकर्षक शैक्षिक गन्तव्यका रूपमा अघि बढिरहेको छ। पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बद्ध यस संस्थाले कानुनी शिक्षालाई केवल पाठ्यक्रममा सीमित नराखी अनुसन्धान, व्यावहारिक अभ्यास, प्रविधि र समसामयिक कानुनी चुनौतीसँग जोडेर अध्यापन गर्ने लक्ष्य लिएको छ।
पहिलो वर्षदेखि नै कानुनी अनुसन्धानमा जोड
ग्लोबल स्कूल अफ ललाई अन्य कानून अध्ययन/अध्यापन संस्थाभन्दा फरक बनाउने प्रमुख पक्ष यहाँको पहिलो वर्षदेखि नै कानुनी अनुसन्धानमा दिइने जोड हो। विद्यार्थीलाई कानुनी सिद्धान्त, न्यायशास्त्र र विधिशास्त्रका आधारभूत अवधारणासँग परिचित गराउँदै अनुसन्धानपरक सोच तथा विश्लेषण गर्ने क्षमता विकास गर्न प्रेरित गरिन्छ। यहाँ केवल परीक्षा उत्तीर्ण गराउने लक्ष्य मात्र राखिँदैन, बरु कानूनको गहन अध्ययन, आलोचनात्मक सोचको विकास तथा समाजमा कानूनले पार्ने वास्तविक प्रभावको विश्लेषण गर्ने क्षमता अभिवृद्धिमा जोड दिइन्छ।

कानून र प्रविधिको समसामयिक अभ्यास
आजको युगमा कानून र प्रविधिको सम्बन्ध अत्यन्तै महत्वपूर्ण बन्दै गएको छ। कानुनी अनुसन्धान, दस्तावेज अध्ययन, केस विश्लेषण र आधुनिक कानुनी अभ्यासमा प्रविधिको उपयोग बुझ्नु अब नयाँ पुस्ताका कानून विद्यार्थीका लागि अनिवार्य जस्तै भइसकेको छ। डिजिटल उपकरणहरूको प्रयोग कानुनी क्षेत्रमा तीव्र रूपमा बढिरहेको अवस्थामा ग्लोबल स्कूल अफ लले समकालीन कानुनी अभ्यासमा आवश्यक पर्ने एआई तथा सम्बन्धित उपकरणहरूको प्रयोगबारे पनि परिचित गराउँछ।

विद्यार्थीको अध्ययन र अनुसन्धान क्षमतालाई सशक्त बनाउन यहाँ सञ्चालन गरिने कानुनी पुस्तकालयसम्बन्धी गैर-क्रेडिट पाठ्यक्रमले महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। यहाँ विद्यार्थीहरूले कानुनी अवधारणा, महत्वपूर्ण मुद्दा, कानुनी सिद्धान्त, केस स्टडी तथा कानूनसँग सम्बन्धित चलचित्र र सामग्रीहरूबाट पनि सिक्ने अवसर पाउँछन्। पुस्तकालयलाई केवल किताब राख्ने स्थान नभई विचार, बहस र विश्लेषणको अभ्यास गर्ने सिकाइ केन्द्रका रूपमा विकास गरिएको छ।
ल क्लिनिक र मूट सिमुलेसनमार्फत व्यवहारिक सिकाइ
ग्लोबल स्कूल अफ लको अर्को प्रमुख आकर्षणका रूपमा यहाँको ल क्लिनिकलाई लिन सकिन्छ, यहाँ विद्यार्थीहरूले वास्तविक जीवनसँग सम्बन्धित मुद्दा, उदीयमान अदालती अभ्यासहरू र समसामयिक कानुनी समस्यामा आधारित मूट सिमुलेसनमार्फत व्यावहारिक सिकाइ हासिल गर्छन्। यसले विद्यार्थीलाई अदालतमा हुने बहस, मुद्दाको तयारी, कानुनी तर्क निर्माण र पेशागत आत्मविश्वास विकास गर्न मद्दत गर्छ।

विविध विद्यार्थी समुदाय र प्रतिस्पर्धी प्रवेश
संस्थामा देशका विभिन्न भूभाग, समुदाय र शैक्षिक पृष्ठभूमिबाट आएका विद्यार्थीहरूको सहभागिता रहेको छ। विविधता आफैंमा सिकाइको महत्वपूर्ण माध्यम हो, र ग्लोबल स्कूल अफ लले यसलाई आफ्नो शैक्षिक वातावरणको अस्त्र बनाएको छ। प्रवेशका लागि कक्षा १२को अंतिम नतिजामा न्यूनतम ३ जीपीए आवश्यक रहने व्यवस्था गरिएको छ, जसले प्रतिस्पर्धी र योग्य विद्यार्थीलाई कानुनी अध्ययनतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ।
ग्लोबल स्कूल अफ लको शैक्षिक उत्कृष्टताको प्रमुख आधार यसको अनुभवी र समर्पित शैक्षिक टिम हो। यहाँ स्वर्ण पदक विजेता, प्रतिष्ठित विश्वविद्यालयबाट अध्ययन गरेका र कानुनी अध्यापनमा लामो अनुभव भएका अध्यापकहरू आबद्ध छन्। धेरैजसो शिक्षकहरू नियमित अदालत अभ्यासमा समेत संलग्न रहेकाले विद्यार्थीहरूले किताबमा लेखिएको कानून मात्र होइन, अदालत र व्यवहारमा प्रयोग भइरहेको कानून पनि बुझ्ने अवसर पाउँछन्।

सर्वाङ्गीण विकासमा प्राथमिकता
शैक्षिक गतिविधिसँगै संस्थाले विद्यार्थीको सर्वाङ्गीण विकासलाई पनि प्राथमिकता दिएको छ। खेलकुद, गोष्ठी र सम्मेलनहरू, नियमित अदालत भ्रमण, अभ्यास अदालत (मूट कोर्ट), बहस, प्रस्तुति र विभिन्न सह-पाठ्यक्रम गतिविधिले विद्यार्थीलाई आत्मविश्वासी, तार्किक र नेतृत्व क्षमतायुक्त बनाउने वातावरण तयार गरेको छ। आधुनिक र व्यवस्थित मूट कोर्टले विद्यार्थीलाई भविष्यको अदालत अभ्यासका लागि अभ्यस्त गराउन महत्वपूर्ण भूमिका खेलिरहेको छ।

कानून पढ्न चाहने, समाज बुझ्न चाहने, तर्क गर्न रुचाउने र न्याय प्रणालीमा आफ्नो अर्थपूर्ण योगदान दिन चाहने युवाहरूका लागि ग्लोबल स्कूल अफ ल एक उदयीमान गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। ग्लोबल स्कूल अफ लमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहको ५ वर्षे बीएएलएलबी (B.A.LL.B) को प्रवेश परीक्षा असार २० गते हुने भएको छ। कानुनी क्षेत्रमा भविष्य खोजिरहेका विद्यार्थीहरूका लागि यो अवसर आफ्नो शैक्षिक यात्रा सुरु गर्ने महत्वपूर्ण ढोका बन्न सक्नेमा प्रोग्राम डीरेक्टर टंक पोखरेल बिश्वस्त हुनुहुन्छ।