प्रधानमन्त्री सुशीला कार्कीले आज महाशिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन र पूजाआराधना गर्नुभएको छ ।

प्रधानमन्त्री कार्कीले भगवान् पशुपतिनाथको मन्दिर पुगेर देशमा सद्भाव, सकारात्मक ऊर्जा र शान्तिपूर्ण निर्वाचनको कामना पनि गर्नुभएको छ ।

उहाँले पशुपति दर्शनपछि फर्केर सद्भाव, सकारात्मक ऊर्जा र शान्तिपूर्ण निर्वाचनको कामना पनि गरेको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

त्यस्तै उहाँले महाशिवरात्रिको मेला व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र स्वयंसेवकलाई धन्यवाद दिनुभएको छ । अन्य भक्तजनहरुले पनि आफूले असुविधा बेहोरेर माया दर्शाएको भन्दै उनले फेसबुकमै कृतज्ञता ज्ञापन गर्नुभएको छ ।

प्रधानमन्त्री कार्की पशुपतिनाथमा पुग्दा दर्शनार्थीहरुले हात हल्लाएर स्वागत गरेका थिए । निर्वाचन गराउन सफलताको शुभ कामना व्यक्त गर्दै धेरै तीर्थालुले प्रधानमन्त्री कार्कीको जयजयकार समेत गरेका थिए ।

प्रधानमन्त्री कार्कीले पनि हात हल्लाएर सबैलाई अभिवादन फर्काउनुभएको थियो ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘महाशिवरात्रिको पावन अवसरमा पशुपतिनाथ दर्शनको सौभाग्य प्राप्त भयो। कामना उही- देशमा सद्भाव, सकारात्मक ऊर्जा र शान्तिपूर्ण निर्वाचन। व्यवस्थापनमा खटिनुहुने सबै सुरक्षाकर्मी र स्वयंसेवकमा आभार। आफूले असुविधा बेहोरेर पनि हामीप्रति दर्शाउनुभएको मायाका लागि सबै तीर्थालुप्रति कृतज्ञ छु। हर हर महादेव।’