प्रधानमन्त्री सुशीला कार्कीले आईसीसी टी–२० विश्वकपअन्तर्गत आज इंग्ल्यान्डसँग हुने ऐतिहासिक खेलअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री कार्कीले आफ्नो शुभकामना सन्देशमा आज मुम्बईको वानखेडे स्टेडियममा नेपालको राष्ट्रिय धुन गुन्जिने उल्लेख गर्दै त्यसलाई संसारभरिका दर्शकले सुन्ने बताउनुभएको छ । उहाँले कप्तान रोहित पौडेलको नेतृत्वमा मैदानमा उत्रने टोलीले नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति दिने विश्वास व्यक्त गर्नुभएको छ ।
तेस्रोपटक आईसीसी टी–२० विश्वकप खेलिरहेको नेपालसँग विश्वभर फैलिएका समर्थकको साथ र विगतमा हासिल गरेका चमत्कारपूर्ण सफलताको आत्मबल रहेको प्रधानमन्त्रीको भनाइ छ ।
इंग्ल्यान्डजस्तो बलियो टोलीसँगको आजको भेटलाई उहाँले ऐतिहासिक अवसरको रूपमा उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री कार्कीले सिंगो राष्ट्रको तर्फबाट टोलीलाई शुभकामना दिँदै माया पनि व्यक्त गर्नुभएको छ ।
नेपाली क्रिकेट टोली आजको खेलमार्फत विश्वमञ्चमा फेरि एकपटक आफ्नो क्षमता र सम्भावना देखाउने लक्ष्यका साथ मैदान उत्रँदै छ।
प्रधानमन्त्रीको पूरा सन्देश: