नेपाल दूरसञ्चार प्राधिकरणको प्रतिवेदन अनुसार, नेपालमा इन्टरनेट प्रयोगकर्ताहरूको संख्या तीव्र रूपमा बढ्दै गइरहेको छ ।

यस प्रतिवेदनले देशभरमा कुल ३ करोड ९६ लाख ब्रोडब्यान्ड ग्राहकहरू रहेका छन्, जसमा १३५.८७ प्रतिशतको प्रवेशदर छ । यो वृद्धिको प्रमुख कारण मोबाइल ब्रोडब्यान्ड सेवाहरू हुन् जसले करिब २ करोड ८० लाख प्रयोगकर्तालाई समेटेका छन् । यसमा फोरजी सेवाका ग्राहक मात्रै २ करोड हाराहारीमा छन्।

फिक्स्ड ब्रोडब्यान्ड सेवामा पनि उल्लेखनीय वृद्धि भइरहेको छ। विशेष गरी केबल/एफटीटी एच जडानमा १ करोड १५ लाखभन्दा बढी ग्राहक सक्रिय छन्। तर फिक्स्ड वायरलेस ब्रोडब्यान्डको प्रयोग तुलनात्मक रूपमा कमै रहेको पाइन्छ । जहाँ मात्र ६२ हजारभन्दा बढी ग्राहकहरू छन्।

यी तथ्याङ्कहरूले नेपालमा इन्टरनेट सेवा बढ्दो निर्भरता र डिजिटल पूर्वाधारको विस्तारमा अगाडि बढिरहेको स्पष्ट देखाउँछ   ।
वर्तमान समयमा इन्टरनेट विश्वको सबैभन्दा महत्त्वपूर्ण नेटवर्क बनिसकेको छ। नेपालमा पनि इन्टरनेटको तीव्र गतिमा विकास भइरहेको छ। कम्प्युटर र विद्युतीय प्रविधिको आधारमा विकास भएको यो विश्वव्यापी सञ्जालले सबै नेटवर्कलाई जोड्ने “नेटवर्कको घर”को रूपमा पनि मानिन्छ।

नेपालमा प्रायः सबै स्थानमा इन्टरनेट सेवाको पहुँच पुगिसकेको छ। सन् १९५० को दशकमा सुरु भएको इन्टरनेट आज एक अपरिहार्य पूर्वाधारको रूपमा स्थापित भइसकेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार, नेपालमा दर्जनौं सेवा प्रदायकहरू दर्ता भई सेवा प्रदान गरिरहेका छन् । तीमध्ये क्लासिक टेक क्लासिक टेक यस्तो सेवा प्रदायक कम्पनी हो, जसले सस्तो र गुणस्तरीय इन्टरनेट र आईपी टीभी सेवा प्रदान गर्दै ग्राहकहरूको ध्यान आकर्षित गरेको छ ।

विशेष गरी इन्टरनेट र आईपी टीभी सर्भिस एउटै कम्पनीले दिने गर्छन् । धेरैजसो ग्राहकले सेवा प्रदायकलाई नै राम्रो भन्ने गरेको पाइन्छ। तर यसमा अरु पनि सूचकहरु हेर्नुपर्ने हुन्छ। जस्तै नेटवर्क विस्तार, प्रविधि, ग्राहक संख्या, इन्टरनेटस्पीड, इन्टरनेट मूल्य, राउटरको गुणस्तर, सेटटप बक्स, टिभी च्यानल, मूल्य अभिवृद्धि सेवा यी सबैसँग तुलना गरेर सेवा प्रदायक छनोट गर्दा फाइदा हुने गर्दछ र चाहेजस्तै सेवा पाउन सकिन्छ।

नेपालको अधिकांश जिल्लामा आफ्नै इन्टरनेट तथा आईपी टीभी सेवा विस्तार गर्न सफल क्लासिक टेक, देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनीमध्ये एक हो । सस्तो, छिटो र गुणस्तरीय इन्टरनेट तथा आईपी टीभी सेवा प्रदान गर्ने उद्देश्यका साथ २००९ मा स्थापना भएको यो कम्पनी १५ वर्षको अवधिमा ग्राहकलाई सस्तो, छिटो र गुणस्तरीय इन्टरनेट तथा आईपी टीभी सेवा प्रदान गर्ने एक बलियो र अटल सेवा प्रदायक कम्पनी बन्न सफल भएको छ।

स्थापनाको १५औँ वर्ष प्रवेशमा नै कम्पनीले तीव्र गतिमा फड्को मारिसकेको छ । एफटीटीएच फाइबर बिस्तार, आईपी टीभी सञ्चालनसँगै सस्तो, छिटो तथा गुणस्तरीय इन्टरनेट प्रदान गर्न सफल भएको कम्पनीले ३६५ दिन ग्राहक सेवा २४ घण्टा कल तथा १२ घण्टा फिल्ड सेवा लक्षित विभिन्न इन्टरनेट तथा आईपी टीभी सेवा दिँदै आएको छ । दर्जनौँ सेवाप्रदायक कम्पनीहरुको तीव्र प्रतिस्पर्धासँगै एफटीटीएचमा आधारित इन्टरनेट सेवा प्रदान गरिँदै आएको क्लासिक टेकको ग्राहक लक्षित प्याकेज तथा सेवा सुविधाहरू नै बलियो पक्ष भएको देखिन्छ।

१. नेटवर्क विस्तार: क्लासिकटेकले  हालसम्म नेपालको ७४ जिल्लामा एफटीटीएच फाइबर बिस्तार गरी तीव्र गतिको उच्च स्तरीय इन्टरनेट तथा इन्टरनेट+ टीभी सञ्चालन गरी १०४ शाखाहरूबाट सेवा प्रदान गर्दै आएको छ। ७७ वटै जिल्लामा नेटवर्कको पहुँच विस्तारमा गर्न कम्पनी अग्रसर रहेको छ। इन्टरनेटका साथै आफ्नै डेटा सर्भरबाट डेटा कनेक्टिभिटी, नेटवर्क इन्टिग्रेसन, सफ्टवेयर डेभलपमेन्टजस्ता सेवा प्रदान गर्दै आएको छ।


२.प्रविधि:
आफ्ना ग्राहकलाई अत्याधुनिक प्रविधियुक्त (आईपीभी ६) मार्फत उच्चस्तरीय इन्टरनेट प्रदान गर्दै आएको छ। साथै वाईफाई ६, प्रविधि भएको ५ गिगाहर्जको राउटर प्रयोग सुचारु गरिसकेकोले इन्टरनेट सेवामा थप छिटो र गुणस्तरीय बनेको छ।

कन्टेन्ड डेलिभरि नेटवर्क (CDN) कम्पनीमै होस्ट भएकाले मनोरन्जनात्मक थप उत्कृस्ट भिडियो सामग्री, नेटफ्लिक्स, युट्युब, एमेजन प्राइम, इन्स्टाग्राम, फेसबुक, टिकटक तथा ओटीटी एप, सोसल साइटहरु प्रयोग गर्दा कुनै पनि समस्या आउँदैन। ब्याकअप डेटा सेन्टरहरु नेपालको विभिन्न ठाउँहरुमा रहएकोले निरन्तर सेवा, इन्टरनेटमा उच्च सुरक्षा र दक्षता बढाउँछ। अनलाइन गेम पब्जी, फ्रीफायर खेल्दा पिङ हाइ हुने समस्यामा कमी ल्याउँछ । त्यसैले गेमिङ समुदायको पनि रोजाइमा परेको छ क्लासिकटेक।

३. ग्राहक संख्या: नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार क्लासिक टेकको सक्रिय प्रयोगकर्ता ३ लाख नाघिसकेको छ। यस अन्तर्गत काठमाडौं उपत्यका (काठमाडौं भक्तपुर, ललितपुर) सँगैका छिमेकी जिल्लहरु, पूर्वमा विराटनगर, विर्तामोड, धरान, इटहरी लगायत मुख्य मुख्य शहर पश्चिममा बुटवल, भैरहवा, नेपालगन्ज हेटौडा, चितवन, पोखरा र प्रदेश २ अन्तर्गत कलैया, वीरगन्ज बर्दिबास लहान लगायतका क्षेत्रहरुमा सेवा दिदै आएको ।

४. इन्टरनेटस्पीड: क्लासिकबाट ग्राहकहरुले इन्टरनेट स्पीडको आधारमा विभिन्न प्लान खरीद गर्न सक्दछन् जसमा ५०,१००, २००, २५०,३००,४००,५०० देखि१ जी बी थप एस सम्मका व्यक्तिगत र व्यावसायिक प्याकेज रहेको छ।

५.  हालको इन्टरनेट मूल्य:  कम्पनीले हालै सार्वजानिक गरेको ५०० देखि ३०० एम बि पी एस सम्मको मूल्य सुची तालिकामा उल्लेख गरिएको छ।

आजको डिजिटल युगमा इन्टरनेट एक महत्वपूर्ण नभई नहुने आधारभूत तत्वको रूपमा विकास भइ सकेको छ । यसले शिक्षा, स्वास्थ्य, मनोरञ्जन, व्यापारिक प्रगति, र डिजिटल बैङ्किङ्ग प्रणाली लगायतका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको छ। क्लासिक टेकले सस्तो र गुणस्तरीय इन्टरनेट सेवा सँगै आईपीटीभी सेवा ले ग्राहकलाई आवश्यक राहत प्रदान गर्दै आएको छ, जसले गर्दा ग्राहक हरुमा विश्वास बढ्दै गएको छ।

प्याकेजको नाम प्याकेज महिना सेटअप बक्स चार्ज ओएनयु चार्ज
भ्याट सहित जम्मा
छिटो १०० एमबीपीएस  

१२

 

५००

रू.८,९९९.८६/-
छिटो १०० एमबीपीएस २४ ५०० रु. १४,९९७.९
तीव्र १०० एमबीपीएस  नेट+ टिभी १२ ५०० ५०० रू.११,९४०.६६
तीव्र १०० एमबीपीएस  नेट+ टिभी २४ ५०० ५०० रु. २०,३७९.५
तीव्र २०० एमबीपीएस ३ ५०० रु  ४२२९
तीव्र २०० एमबीपीएस १२ ५०० रु १४७३८
तीव्र २०० एमबीपीएस  नेट+टिभी ३ ५०० ५०० रु  ५३३९.२
तीव्र २०० एमबीपीएस  नेट+टिभी १२ ५०० ५०० रु  १७,६७८.८
तीव्र २०० एमबीपीएस  २ नेट+टिभी ३ ५०० ५०० रु ८,७०९.४
तीव्र २०० एमबीपीएस  २ नेट+टिभी १२ ५०० ५०० रु  २०,६१९.६
शक्तिशाली ३०० एमबीपीएस ३ ५०० रु   ५,०७६.५
शक्तिशाली ३०० एमबीपीएस १२ ५०० रु  १८,१२८
शक्तिशाली ३०० एमबीपीएस  नेट+टिभी ३ ५०० ५०० रू  ६,१८६.७
शक्तिशाली ३००एमबीपीएस  नेट+टिभी १२ ५०० ५०० रू  २१,०६८.८
शक्तिशाली ३००एमबीपीएस  २  नेट+टिभी 3 ५०० ५०० रू ९,६६६.९
शक्तिशाली ३०० एमबीपीएस  २ नेट+टिभी २४ ५०० ५०० रू २४,००९.६
शक्तिशाली ३०० एमबीपीएस  3 नेट+टिभी १२ ५०० ५०० रू ११,७९७.१
शक्तिशाली ३०० एमबीपीएस 3 नेट+टिभी २४ ५०० ५०० रू २६,९५०.४

नोट: – जडान खर्च निशुल्क तथा राउटरको डिपोजिट ५ सय रुपैयाँ र आ.इ पी टि. भी को लागि डिपोजिट ५सय रुपैयाँ समावेश गरिएको छ। साथै पुरानो ग्राहक हरुले १ वर्ष सम्मको रिचार्ज गर्दा ९० दिन बोनस सँगै ३० प्रतिशत सम्मको छुट पाउने।  उल्लेखित मूल्य सूची कम्पनीको आधिकारिक वेबसाइटबाट साभार।

*प्रवर्धनात्मक सामग्री