शिक्षामन्त्री महावीर पुनले आफूले पाएका सबै पदक सरकारलाई दान गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन्।
उनले सञ्जालमा लेखेका छन्, ‘मैले पाएको सम्पूर्ण अन्तराष्ट्रिय र राष्ट्रिय पदकहरु नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयलाई सचिवज्यू मार्फत दान गरियो। यी पदकहरु बेचेर राष्ट्रिय आबिष्कार केन्द्र र वीरगञ्ज कृषि औजार कारखानामा दान गर्ने प्रयास गरेको कुरा सबैलाई थाहा नै होला। तर ४ वर्षसम्म प्रयास गर्दा पनि कसैले किनेनन्। त्यसैले नेपाल सरकारको सम्पति भयो। ठुलाकोट पोखराको २८ रोपनी जग्गा पनि बेचेर कृषि औजार कारखाना लाई दान गर्न खोज्दै छु। त्यहाँ पनि बिक्री भएको छैन।’
पुन आजै मन्त्री पदबाट राजीनामा दिएर चुनावमा उम्मेदवारी दिने भएका छन्।