गैरआवासीय नेपाली संघ (एनआरएनए)का सहकोषाध्यक्ष कृष्ण तिमल्सेनाले आगामी महाधिवेशनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । एनआरएनएको १२ औँ महाधिवेशन चैत ३० देखि काठमाडौँमा हुने तय भएको छ ।

एनआरएनएभित्र इमानदार र सहयोगी भावना भएको अभियन्ताका रूपमा परिचित उनले आफूले कोषाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताए ।

सबल र सफल एनआरएनएका लागि बलियो कोष निर्माणका साथसाथै संघको हिसाब किताब मितव्ययी र पारदर्शी बनाउनका लागि कोषाध्यक्षका रूपमा निर्वाचित भएमा आफूले भूमिका खेल्ने उनले बताए ।

धादिङको धुवाँकोटमा जन्मिएका तिमल्सेना हाल बेलायतमा रहेर व्यवसायका साथै सामाजिक काममा सक्रिय छन् ।  सन् २००७ देखि एनआरएनए अभियानमा सक्रिय उनले यसअघि युकेको कार्यसमिति सदस्य, युकेकै उपाध्यक्ष, आइसिसी सदस्य र युरोप उपसंयोजक पदको जिम्मेवारी कुशलतापूर्वक पूरा गरिसकेका छन् ।