पार्टीको बढ्दो साङ्गठनिक आवश्यकता र दीर्घकालीन संस्थागत स्थायित्वका लागि हालको अस्थायी व्यवस्थापनलाई प्रतिस्थापन गरी केन्द्रीय कार्यालयलाई आफ्नै स्वामित्वको स्थायी संरचनामा स्थानान्तरण गर्ने मिति २०८३।०६।१७ को केन्द्रीय समितिको निर्णयबमोजिम घर/जग्गा खरिद गर्नुपर्ने भएको छ।

उक्त प्रयोजनका लागि आवागमनका दृष्टिले सहज, पर्याप्त भौतिक पूर्वाधार भएको र कार्यालय सञ्चालनका लागि उपयुक्त वातावरण भएको घर वा ‌ पूर्वाधार निर्माण गर्न पुग्ने जग्गा आवश्यक परेको हुँदा, देहायका सर्त तथा मापदण्ड पूरा गर्ने इच्छुक घरधनी/जग्गाधनीहरूबाट यो सूचना प्रकाशित भएको मितिले २१ (एक्काइस) दिनभित्र प्रस्ताव पेस गर्नुहुन अनुरोध गरिन्छ।
थप जानकारीका लागि तलको लिङ्कबाट डकुमेन्ट डाउनलोड गर्नुहुन सम्बन्धित सबैलाई हार्दिक अनुरोध छ।

https://api.rspnepal.org/downloads/b06f1ef6-a37a-4886-a491-c88f03543980/download