जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन विशेष मौसम बुलेटिन जारी गरेको छ।

मौसम महाशाखाले शुक्रबार चुनावलाई लक्ष्य गरेर ३ दिनसम्मको मौसम अध्ययन गरी निर्वाचन विशेष मौसम बुलेटिन जारी गरेको हो।

महाशाखाले भनेको छ, ‘हालसम्मको मौसम मोडलबाट प्राप्त मौसमी तथ्यांकहरूको विश्लेषणका आधारमा आगामी निर्वाचनको समय (२०८२ फागुन २० देखि फागुन २२) मा उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहने देखिँदैन।’