सल्यान। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले सल्यानस्थित पर्यटकीय गन्तव्य कुपिण्डे दहको अवलोकन गर्नुभएको छ।

चारैतिर हरियाली पहाड र वनजङ्गलले घेरिएको ‘मिनी रारा’का रूपमा परिचित कुपिण्डे दहको प्राकृतिक सौन्दर्य अवलोकन गर्दै मन्त्री बादीले यसको संरक्षण तथा पर्यटन पूर्वाधार विकासमा जोड दिनुभयो।

उहाँले कुपिण्डे दह प्राकृतिक सौन्दर्य र धार्मिक महत्त्वले भरिपूर्ण पर्यटकीय सम्पदा भएको उल्लेख गर्दै यसको प्रचारप्रसार र प्रवर्द्धनमा सबैले योगदान गर्नुपर्ने बताउनुभयो।

मन्त्री बादीले देशभरका नागरिक तथा पर्यटकलाई कुपिण्डे दहको भ्रमण गर्न आग्रह गर्दै आन्तरिक पर्यटन प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्र र रोजगारी विकासमा सहयोग पुर्‍याउन अपिल गर्नुभयो।

उहाँले प्राकृतिक सम्पदाको संरक्षण गर्दै भावी पुस्ताका लागि यसको मौलिक पहिचान जोगाउनुपर्नेमा समेत जोड दिनुभयो।