​थिम्पु। भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुक र रानी जेत्सुन पेमाले अक्टोबर २१, २०२६ मा थिम्पुस्थित देवी पञ्चायन मन्दिर पुगेर हिन्दु समुदायसँग बडा दसैँ मनाएका छन्।

बडा दसैँको पावन अवसरमा मन्दिर परिसर पुगेर भुटानी राजदम्पतीले विशेष पूजाअर्चना गर्नुका साथै सर्वसाधारणलाई दसैँको टीकाप्रसाद वितरण गरेका छन्।

​भुटानमा दसैँ पर्व परिवारका सदस्यहरू एक ठाउँमा भेला भई मान्यजनको हातबाट टीका र आशीर्वाद ग्रहण गरेर मनाउने गरिन्छ।

रामायण कथा अनुसार अधर्ममाथि धर्मको विजयका रूपमा मनाइने यो चाड भुटानमा पनि धार्मिक तथा सांस्कृतिक महत्त्वका साथ मनाउने परम्परा छ।

भुटानका राजा र रानी स्वयं उपस्थित भई नागरिकहरूसँग यसरी दसैँ मनाउनाले राजसंस्था र भुटानी जनताबीच एउटै परिवारजस्तै रहेको गहिरो सम्बन्ध र सामाजिक सद्भावलाई थप उजागर गरेको छ।