काठमाडौँ। नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रिय विपत्ति र पीडाको परिस्थितिमा मनाउन लागिएको यस वर्षको विजयादशमीको खुसी दुःखमा परेका परिवारसँग पनि बाँड्न आग्रह गरेका छन्।
विजयादशमी २०८३ को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गरेका छन्।
प्राकृतिक विपद् र विभिन्न कठिनाइका कारण यस वर्ष धेरै नेपाली परिवारहरू दुःख र पीडामा रहेकाले चाडपर्वको खुसीलाई आफ्नै घरआँगनमा मात्र सीमित राख्न नहुनेमा थापाले जोड दिएका छन्।
उनले दुःखमा परेका परिवारको पीडामा थोरै भए पनि मलम लगाउन, खुसी साटासाट गर्न र एकअर्काको दरिलो सहारा बन्न सम्पूर्ण देशवासीसँग अपिल गरेका छन्।
विजयादशमीले मानिसभित्रका कमजोरीलाई जित्ने आत्मबल दिने र अरूको पीडा बुझ्ने संवेदनाका साथै समाजलाई जोड्ने सामाजिक सद्भावको भावनालाई थप बलियो बनाउने विश्वाससमेत उनले व्यक्त गरेका छन्।