पेरिस। फ्रान्समा हालै भएका हिंसात्मक प्रदर्शन र लुटपाटपछि सरकारले कडा कानुनी तथा आर्थिक कदम चालFको छ। देशमा भएको व्यापक जनधनको क्षतिपछि सरकारले अब उपद्रवीहरूलाई नै यसको आर्थिक रूपमा जिम्मेवार बनाउने नीति लिएको छ।
जसअनुसार, दङ्गा र लुटपाटबाट भएको अर्बौँ युरोको क्षति सरकारले हिंसा फैलाउने र उपद्रो गर्ने व्यक्तिहरूबाटै असुल गर्ने घोषणा गरेको छ।
यसैबीच, यस हिंसात्मक प्रदर्शनबाट २ हजारभन्दा बढी पसलहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। प्रभावित व्यवसायीहरूको पुनःउत्थानका लागि प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले एक विशेष कोष स्थापना गरिने जानकारी दिनुभएको छ।
साथै, प्रदर्शनका क्रममा लुटिएका सामानहरू विभिन्न अनलाइन प्लेटफर्ममार्फत बिक्री हुन थालेको पाइएपछि सरकारले त्यस्ता शङ्कास्पद गतिविधिमाथि आफ्नो निगरानीलाई थप तीव्र बनाएको छ।