काठमाडौँ। मधेस प्रदेशमा नयाँ सरकार गठनको राजनीतिक सरगर्मी बढेसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ। एमालेले मधेस प्रदेशमा जसपा नेपालकै नेतृत्वमा नयाँ सरकार गठन गर्ने उद्देश्यले आफ्नो प्रयासलाई तीव्र बनाएसँगै शीर्ष नेताहरूबीच यो संवाद भएको हो।
ओली र यादवबीचको यस भेटवार्तालाई मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माण गर्ने बलियो प्रयासका रूपमा हेरिएको छ। प्रदेश सरकार गठनका लागि दलहरूबीच आगामी दिनमा हुने औपचारिक सहमति र राजनीतिक निर्णयले नै मधेसको आगामी सत्ता समीकरणकोस्वरूप तय गर्नेछ।