आज श्रीपञ्चमी अर्थात् सरस्वती पूजा । वसन्त पञ्चमी समेत भनिने यस दिन हनुमानढोका दरबारस्थित नासलचोकमा वसन्त श्रवण कार्यक्रम सम्पन्न भएको छ।
राष्ट्रप्रमुखलाई वसन्त श्रवण गराउने यो चलन प्रताप मल्लको पालादेखि चली आएको मानिन्छ।
आजको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की वसन्त श्रवण कार्यक्रममा सरिक भएका छन्।
कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादवलगायत विभिन्न संवैधानिक निकायका प्रमुखहरुको पनि सहभागिता थियो।