आज सिंहदरबारस्थित कृषि, वन तथा पर्यावरण मन्त्रालयमा विभिन्न नागरिक समाज, Oxfam, NGO Federation लगायत ४० भन्दा बढी संघ–संस्थाहरूबाट जलवायु नीति २०८३ का सम्बन्धमा प्राप्त सुझाव तथा सल्लाह माननीय मन्त्रीज्यूसमक्ष प्रस्तुत गरिएको छ।

प्राप्त सुझावहरूलाई सकारात्मक रूपमा ग्रहण गर्दै माननीय मन्त्रीज्यूले सरोकारवालाबाट प्राप्त सुझावहरूको गहन अध्ययन तथा आवश्यक छलफलपछि मात्र नीतिलाई अगाडि बढाइने बताउनुभयो।

जलवायु नीति निर्माणमा युवा सहभागिता, समावेशिता र विविध क्षेत्रको अर्थपूर्ण सहभागितालाई प्राथमिकता दिँदै युवाको महत्वपूर्ण भूमिका सुनिश्चित गरिने उहाँले उल्लेख गर्नुभयो।

साथै, जलवायु परिवर्तनबाट प्रभावित राष्ट्रका रूपमा नेपालले आफ्ना अनुभव, ज्ञान र प्राथमिकताहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्दै जलवायु परिवर्तनका मुद्दामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा माननीय मन्त्रीज्यूले जोड दिनुभयो।