१ देहायका व्यक्तिहरूलाई तपसिलबमोजिमका मुलुकहरूमा नेपाली राजदूतको पदमा नियुक्तिको लागि सिफारिस गर्ने र संसदीय सुनुवाईको लागि सङ्घीय संसदसमक्ष लेखी पठाउने।
१. डा. निश्चल नाथ पाण्डे – गणतन्त्र भारत
२. डा. कल्याण राज शर्मा- जनवादी गणतन्त्र चीन
३. श्री चिरन जङ्ग थापा संयुक्त राज्य अमेरिका
४. श्री गौरव शमशेर जंगबहादुर राणा – संयुक्त अधिराज्य बेलायत)
५. श्री सरू जोशी – सङ्घीय गणतन्त्र जर्मनी
६. श्री सुरेशकुमार कर्ण – इजरायल
७. श्री प्राप्ति शेरचन – स्पेन अधिराज्य
८. श्री जिज्ञान कुमार थापा – जापान
९. डा. पदमाक्षी राणा – ओमान
१०. श्री चूडामणि खरेल – मलेसिया
११. प्रा. डा. सङ्गम श्रेष्ठ – गणतन्त्र कोरिया
१२. डा. मंचला झा – लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलंका
१३. श्री गिरी बहादुर सुनार – साउदी अरेबिया अधिराज्य
२ नेपाल नागरिकता (पाँचौ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने।
३ साविकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयअन्तर्गत रहने गरी नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ संसोधन गर्ने।
४ नेपाल विद्युत प्राधिकरणको रिक्त कार्यकारी निर्देशकको पदमा श्री दीर्घायु कुमार श्रेष्ठ, काठमाडौंलाई नियुक्ति गर्ने।
५ सहसचिव श्री रुद्र सिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने ।