काठमाडौँ । २०८३ भदौ २६ — महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले दलित समुदायको अधिकार तथा विकाससम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा सार्वजनिक गर्दै सर्वसाधारण तथा सरोकारवालासँग राय तथा सुझाव मागेको छ।

मन्त्रालयले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र राय तथा सुझाव उपलब्ध गराउन आग्रह गरेको छ। सुझाव [email protected] वा [email protected] मा पठाउन सकिनेछ।