काठमाडौँ। प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को नयाँ संस्करणको शुभारम्भका अवसरमा सम्पूर्ण खेलाडी, आयोजक तथा क्रिकेटप्रेमीहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उहाँले एनपीएल नेपालकै सबैभन्दा ठूलो खेलकुद महोत्सवका रूपमा स्थापित भइसकेको बताउनुभएको छ।
प्रधानमन्त्री शाहले छोटो समयमै एनपीएलले खेलकुदको क्षेत्रमा ठूलो उचाइ र भव्यता हासिल गरेको उल्लेख गर्नुभएको छ। उहाँले लिगमा प्रतिस्पर्धा गर्न नेपाल आएका अन्तर्राष्ट्रिय खेलाडीहरू र कमेन्टेटरहरूलाई हार्दिक स्वागत गर्दै सम्पूर्ण नेपाली खेलाडीहरू, आयोजक टोली र नेपाल क्रिकेट सङ्घ (क्यान) लाई सफलताको शुभकामना दिनुभएको छ।
नेपाली क्रिकेटप्रतिको अपार जनउत्साह र लगनशीलताको प्रशंसा गर्दै प्रधानमन्त्री शाहले “नेपाली क्रिकेट अमर रहोस्” भन्ने कामनासहित यो प्रतियोगिताले खेल क्षेत्रमा नयाँ इतिहास र उत्साह थप्ने विश्वास व्यक्त गर्नुभएको छ।