काठमाडौँ। नेपाल अमेरिका पत्रकार संघ (नेजा) को पहलमा स्वर्गीय पत्रकार बसन्तप्रकाश उपाध्यायको परिवारका लागि सङ्कलित आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ।

नेजामार्फत नेपाल पत्रकार महासंघलाई प्राप्त कुल १६ लाख ७ हजार ८३२ रुपैयाँ ९ पैसामध्ये १२ लाख ५ हजार ८७५ रुपैयाँको चेक स्वर्गीय उपाध्यायकी धर्मपत्नी इन्दिरा कार्की उपाध्यायको उपचारका लागि हस्तान्तरण गरिएको हो।

​उक्त सहयोग रकमको चेक महासंघका महासचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष रामकृष्ण अधिकारी र तनहुँ अन्तर्राष्ट्रिय समाजका प्रतिनिधि राजन त्रिपाठीको उपस्थितिमा २०८३ कात्तिक २ गते हस्तान्तरण गरिएको हो।

सङ्कलित कुल रकममध्ये बाँकी रहेको ४ लाख १ हजार ९५७ रुपैयाँ ९ पैसा भने दसैँलगत्तै बसन्तप्रकाश उपाध्यायका ९४ वर्षीय पिता छायाँदत्त उपाध्यायको बैङ्क खातामा जम्मा गरिने भएको छ।

पत्रकार महासंघले यस पुण्य कार्यका लागि सहयोग जुटाउने नेजा परिवार, अमेरिकामा रहेका तनहुँका शुभचिन्तकहरू, तनहुँ अन्तर्राष्ट्रिय समाज र तनहुँ समाज पोखराप्रति हार्दिक आभार व्यक्त गरेको छ।