सप्तरी। बडादसैँको महानवमीका पावन अवसरमा सप्तरीस्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको छ।
महानवमीका दिन मन्दिरमा पुगेका हजारौँ भक्तजन र दर्शनार्थीहरूमाझ सेनाको हेलिकप्टरबाट फूलको वर्षा गराएर मन्दिर परिसरलाई थप भक्तिमय र भव्य बनाइएको हो।
देवी भगवतीको दर्शन तथा पूजाआराधनाका लागि गहिरो धार्मिक आस्था जोडिएको यस प्रसिद्ध शक्तिपीठमा प्रत्येक वर्ष महानवमीका दिन विशेष भीड लाग्ने गर्दछ।
यस अवसरमा नेपाली सेनाले हेलिकप्टरबाट गरेको पुष्पवृष्टिले महानवमीको धार्मिक उत्सव र सांस्कृतिक रौनकलाई अझ बढाएको छ।