काठमाडौँ। बडादसैँ २०८३ को पावन अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार काठमाडौँ उपत्यकाका विभिन्न नौ प्रमुख शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। बडादसैँका अवसरमा नवदुर्गा भवानीको पूजाआजा र दर्शन गर्ने धार्मिक परम्परा अनुसार राष्ट्रपति पौडेलले देवी मन्दिरहरूमा पुगेर आराधना गरेका हुन्।

​राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलका साथमा नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवती मन्दिर पुगेर विशेष पूजाअर्चना तथा दर्शन गरेका छन्। यस अवसरमा राष्ट्रपति पौडेलले देवीको पूजा-आराधना गर्दै सम्पूर्ण देशवासीको सुख, शान्ति, समृद्धि र कल्याणको कामनासमेत गरेका छन्। दसैँको अवसरमा काठमाडौँ उपत्यकालगायत देशभरका शक्तिपीठ तथा देवी मन्दिरहरूमा पूजाअर्चना र दर्शनका लागि भक्तजनको ठूलो घुइँचो लागेको छ।