निर्वाचनको सुनिश्चितताले सेयरबजारका लगानीकर्ताको मनोबल बढाएको छ।

विभिन्न अन्योल र आशंका चिर्दै मंगलबार देशभर उत्साहजनक रुपमा उम्मेदवारी दर्ता भएपछि त्यसको प्रभाव बजारमा पनि देखिएको छ।

भदौ २३ र २४ को घटनाले धर्मराएका लगानीकर्ताले मंगलबार एकै दिन झण्डै १२ अर्बको सेयर किनबेच गरेका छन्। सेयर बजार परिसूचक नेप्से ४२ दशमलव २६ प्रतिशतले बढेको छ।

कुल ११ अर्ब ८५ करोड ८४ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

निर्वाचनलाई लक्षित गरी धेरै ठूला कारोबारी सक्रिय भएका छन्।