नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेल्धुरामा यसपटक पार्टीले नैनसिंह महरलाई उम्मेदवार बनाएको छ।
२०४८ सालदेखि लगातार निर्वाचन जित्दै आएका देउवाले यसपालि आफूले छाडेर युवा नेतालाई अघि सारेका हुन्।
महरको गृहजिल्ला पनि डडेल्धुरा नै हो।
आफूलाई टिकट लिन बोलाएको र आजै उम्मेदवारी दिने तयारीमा रहेको महरले विधिन्युजलाई बताए।
महर नेविसंघका पूर्वअध्यक्ष हुन्। अघिल्लो निर्वाचनमा उनले काठमाडौँ क्षेत्र नं ४ बाट पनि टिकट पाएका थिए। त्यतिखेर गगन थापाले सर्लाहीबाट उठ्ने तयारी गरेका थिए। पछि गगन काठमाडौँमै फर्किएपछि महर पछि हटेका थिए।