पूर्वप्रधामन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने भएका छन्।
२०४८ सालयताका सबै निर्वाचनमा डडेलधुराबाट निर्वाचित हुँदै आएका उनी यसपटक भने उम्मेदवारी नदिने निष्कर्षमा पुगेको उनको सचिवालयले जनाएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आज प्रत्यक्षतर्फ १६५ स्थानका लागि मुलुकभर मनोनयन दर्ता हुँदै छ।
कांग्रेसको सभापति पदबाट पनि विशेष महाधिवेशनका कारण उनी च्युत भए।
यसपालि अन्तिमपटक चुनाव लड्छु भन्ने उनले टिकट नै नपाउने अवस्था आएको हो। यसपालि गगन थापाले सभापतिका रुपमा टिकटमा हस्ताक्षर गरिरहेका छन्।