प्रधानमन्त्री सुशीला कार्की नेपाल तामाङ घेदुङलगायत विभिन्न संघसंस्थाद्वारा सोनाम लोछारको अवसरमा आयोजित तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदान-प्रदान कार्यक्रममा सहभागी भएकी छन्।

काठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रमको प्रमुख अतिथिका रुपमा उनले उद्घाटन तथा शुभकामना मन्तव्य व्यक्त गरेकी थिइन्।

उनले तामाङ समुदायको सांस्कृतिक पहिरनमा सजिन पाएकामा खुसी व्यक्त गर्दै आफू पनि तामाङ भएको महसुस भएको अनुभव पनि सुनाइन्।

प्रधानमन्त्री कार्की मञ्चमा पुगेपछि समर्थकहरुको तालीले लामो समय गडगडाहट भएको थियो।

कार्यक्रमपछि तस्बिरहरु साझा गर्दै प्रधानमन्त्री कार्कीले फेसबुकमा लेखेकी छन्, ‘विविधता हाम्रो राष्ट्रिय शक्ति हो, सम्पत्ति हो। यसमा गर्व गरौँ। संरक्षणमा जुटौँ। नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जाऔँ। सोनाम ल्होछारको शुभकामना आदानप्रदान कार्यक्रममा आज तामाङ समुदायमाझ। ल्हास्सो फ्याफुल्ला।’

तस्बिरहरु: केशव थापा/प्रधानमन्त्रीको सचिवालय