सामाजिक अभियन्ता आशिका तामाङ पनि आगामी प्रतिनिधि सभाको निर्वाचनको मैदानमा उत्रिने भएकी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ-१ उनलाई उम्मेदवार बनाएको छ।

रास्वपाका केन्द्रीय सदस्य गणेश पराजुलीले सोमबार कार्यालयमा बोलाएर तामाङलाई टिकट प्रदान गरेका छन्।

यसअघि उनले रास्वपाको समानुपातिक बन्दसूचीप्रति आपत्ति जनाउँदै काठमाडौँबाट उम्मेदवार बन्ने घोषणा गरेकी थिएन्।

विभिन्न सामाजिक काममा सक्रिय भएर चर्चामा आएकी तामाङले पछिल्लो समय जेनजी आन्दोलनका घाइते तथा सहिद परिवारका सदस्यहरुलाई सहयोग गरेकी थिइन्।