फ्रान्स तथा रियाल मड्रिडका स्टार स्ट्राइकर किलियन एम्बाप्पेले चिनियाँ नेता माओ त्सेतुङलाई लक्षित गर्दै दिएको एक विवादास्पद टिप्पणीका कारण चीनमा ठूलो व्यावसायिक र कूटनीतिक विवाद उत्पन्न भएको छ।
फ्रान्सेली टक शो ‘द ब्रिज’ मा एक भाइरल इन्टरनेट मीमबारे बोल्ने क्रममा उनले आफ्नो अनुहार जोडिएको एक तस्बिरका पात्रलाई ‘चिनियाँ तानाशाह’ भनी टिप्पणी गरेपछि यो विवाद चुलिएको हो।
उक्त क्लिप चिनियाँ फुटबल मञ्च ‘डोंगचिउडी’ मार्फत वेइबो र सियाओहोंगशुजस्ता सामाजिक सञ्जालमा भाइरल भएपछि चिनियाँ जनता र चिनियाँ कम्युनिष्ट पार्टीबाट कडा आक्रोश व्यक्त भएको थियो।
विवाद फैलिँदै जाँदा डोङपेङ बेभरेज, मेङ्ग्रिउ ग्रुप र मिल्कग्राउण्डजस्ता प्रमुख चिनियाँ ब्रान्डहरूले एम्बाप्पेसँगको विज्ञापन सम्झौता तोडेका छन् भने ‘अन’ र ‘डिओर’ ले समेत आफ्ना चिनियाँ प्रवर्द्धनात्मक सामाग्रीहरू हटाएका छन्।
त्यस्तै, चिनियाँ राज्य टेलिभिजनले रियल मड्रिडको ला लिगा खेलहरूको प्रसारण रोक्का गर्नुका साथै एम्बाप्पेसँग सम्बन्धित सबै फुटेजहरू निलम्बन गरेको छ। सामाजिक सञ्जालमा समेत उनका अकाउन्टहरू प्रतिबन्धित गरिएका छन्।
परिस्थितिको गाम्भिर्यता बुझ्दै अक्टोबर २७, २०२६ मा एम्बाप्पेले फ्रान्सेली, अङ्ग्रेजी र चिनियाँ भाषामा विज्ञप्ति जारी गर्दै आफ्नो टिप्पणी अव्यवहारिक रहेको र त्यसले चिनियाँ समुदायको भावनामा ठेस पुर्याएको भन्दै निःसर्त क्षमायाचना गरेका छन्।
यद्यपि, चिनियाँ राज्य सञ्चार माध्यमहरूले उनको माफीलाई शब्दभन्दा पनि आगामी दिनका व्यवहारबाट मूल्याङ्कन गरिने प्रतिक्रिया दिएका छन्।