काठमाडौँ। पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न भू-भागमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको उच्च जोखिम रहेको भन्दै पर्यटक तथा पर्वतारोहीहरूलाई उच्च हिमाली क्षेत्रमा नजान विशेष आग्रह गरेको छ।
मौसम विज्ञान विभागको बुलेटिनअनुसार सो अवधिमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने सम्भावना रहेको छ। वर्षाका कारण बाढी, पहिरो र भूक्षयको जोखिम बढ्नुका साथै हिमाली क्षेत्रमा हिमआँधी र हिमपहिरो जान सक्ने पूर्वानुमान गरिएको छ। यस किसिमको प्रतिकूल मौसमले पदयात्रा तथा हिमाल आरोहणका गतिविधिहरू प्रत्यक्ष प्रभावित हुन सक्ने भएकाले हाल उच्च हिमाली क्षेत्रमा नजान र यदि त्यहाँ पुगिसकेका छन् भने सुरक्षित स्थानमा रही विशेष सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। साथै, आधिकारिक निकायबाट जारी हुने मौसमसम्बन्धी ताजा सूचनाहरू हेरेर मात्रै आफ्नो यात्रा योजना बनाउन पनि भनिएको छ।
यसैबीच, खुम्बु र मनाङलगायतका हिमाली क्षेत्रका साथै काठमाडौँ र पोखरास्थित स्वास्थ्य संस्थामा उच्च हिमाली क्षेत्रमा देखिने स्वास्थ्य समस्या (एक्युट माउन्टेन सिकनेस) को उपचार सेवालाई सहज र निरन्तर रूपमा उपलब्ध गराउन सम्बन्धित निकायहरूसँग अपिल गरिएको छ।
पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै उच्च हिमाली क्षेत्रमा नजान पर्यटक तथा पर्वतारोहीलाई आग्रह गरेको छ।
नेपाल मौसम विज्ञान विभागको मौसम बुलेटिनअनुसार उक्त अवधिमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुन सक्ने सम्भावना छ। वर्षाका कारण बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्नुका साथै हिमाली क्षेत्रमा हिमआँधी र हिमपहिरो जान सक्ने पूर्वानुमान गरिएको छ।
प्रतिकूल मौसमले पदयात्रा तथा हिमाल आरोहण प्रभावित हुन सक्ने भएकाले उच्च हिमाली क्षेत्रमा नजान र त्यहाँ पुगिसकेका पर्वतारोही तथा पदयात्रीलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। साथै, आधिकारिक निकायबाट जारी हुने मौसमसम्बन्धी अद्यावधिक सूचनाका आधारमा यात्रा योजना बनाउन आग्रह गरिएको छ।
यसैगरी, खुम्बु, मनाङलगायतका हिमाली क्षेत्रमा तथा काठमाडौं र पोखरास्थित स्वास्थ्य संस्थामा उच्च हिमाली क्षेत्रमा देखिने स्वास्थ्य समस्या (एक्युट माउन्टेन सिकनेस) को उपचार सेवा सहज र निरन्तर उपलब्ध गराउन विभागले सम्बन्धित निकायलाई अपिल गरेको छ।