काठमाडौँ। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान समाजमा नक्कली भगवानहरू जन्मिएर हैरान पारेको टिप्पणी गर्नुभएको छ। मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले धार्मिक मान्यता, योग दर्शन र समाजमा व्याप्त अन्धभक्तिप्रति तीखो व्यङ्ग्य गर्नुभएको हो।
सम्बोधनका क्रममा अध्यक्ष ओलीले पौराणिक प्रसङ्ग कोट्याउँदै देवी पार्वतीले देवताहरूलाई श्राप दिएपछि देवताका सन्तान जन्मिने क्रम पूर्ण रूपमा रोकिएको र त्यसैको परिणामस्वरुप अहिले समाजमा नक्कली भगवानहरू उदय हुन थालेको दाबी गर्नुभयो।
त्यसैगरी, वैज्ञानिक र स्वास्थ्यसँग जोडिएको योगलाई समेत अन्धविश्वासी रूपमा ईश्वरसँग जोडेर सर्वसाधारणमा भ्रम सिर्जना गर्ने प्रवृत्ति बढेकोप्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको छ।