नेपाली कांग्रेसले समानुपातिकतर्फका निर्वाचित उम्मेदवारको सूची निर्वाचन आयोगमा पेस गरेको छ ।

सोमबार कांग्रेसको कार्यसम्पादन समिति बैठकले १५ जना महिला र ५ पुरुषको नाम टुंगो लगाएर निर्वाचन आयोगमा पेस गर्ने निर्णय गरेको हो ।

प्रवक्ता देवराज चालिसेका अनुसार अर्जुननरसिंह केसी र कालीबहादुर सहकारी खस आर्य पुरुषबाट नाम पठाइएको छ ।

केसी कांग्रेस सभापति गगन थापाका ससुरा हुन् ।

महिलातर्फ सुशीला ढकाल आचार्य, रुक्मिणीदेवी कोइराला, रिना उप्रेती र सीता थपलिया छन् । महिलाबाटै गंगा शाही पनि छन् ।

आदिवासी जनजातिमा महिलाबाट गीताकुमारी सेन्दाङ्ग, गंगालक्ष्मी अवाल, गीता गुरुङ र रेनुका काउचाको नाम निश्चित भएको छ ।

पुरुषबाट भीष्मराज आङ्देम्बे र मदनकृष्ण श्रेष्ठ (अपांग) नाम पठाइएको छ । महिलाको संख्या अपुग भएमा मदनकृष्ण श्रेष्ठको स्थानमा सुनितादेवी सुवेदी (श्रेष्ठ) ले अवसर पाउनेछिन् ।

थारुबाट प्रमिलाकुमारी गच्छदार परेकी छन् । दलितबाट हरिनादेवी कामी, पवित्रा विक, मनमाया विश्वकर्माको नाम सिफारिस गरिएको छ ।

मधेसी कोटामा महिलामा निनुकुमारी कर्ण र रेखाकुमारी यादव परेका छन् । यसै समुदायबाट पुरुषमा चन्द्रमोहन यादवको नाम सिफारिस भएको छ । मुस्लिम कोटामा शाहजान खातुन परेकी छन् ।

चन्द्रमोहन यादव पूर्वराष्ट्रपति रामवरण यादवका छोरा हुन् ।