काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले गोरखा सदरमुकाममा आफ्नो निजी सचिवालय स्थापना गरी उद्घाटन गरेका छन्। मतदाताका समस्या, गुनासा तथा जनताका आवश्यकताहरूलाई प्रत्यक्ष रूपमा सुनेर सम्बोधन गर्ने उद्देश्यले उक्त सचिवालय स्थापना गरिएको उनले बताएका छन्।
गृह प्रशासनको कार्यशैलीलाई जनमुखी बनाउने प्रयासस्वरूप खोलिएको यस सचिवालयमार्फत अब स्थानीय नागरिकले आफ्ना समस्या तथा गुनासाहरू सीधा गृहमन्त्रीसमक्ष राख्न सक्नेछन्। गोरखाका जनतासँगको सम्पर्कलाई थप सहज र प्रभावकारी बनाउन सचिवालयले पुलको काम गर्ने विश्वास लिइएको छ।