प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएर मुलुक स्थायित्वतर्फ उन्मुख भएपछि सेयरबजारमा व्यापक उत्साह छाएको छ ।
निर्वाचनपछिको पहिलो कारोबार दिन आइतबार लगानीकर्ताको अत्यधिक उत्साहका कारण तीनपटक सर्किट ब्रेक लागेर बजार बन्द भएको छ । सोमबार नेप्से परिसूचक ६ प्रतिशत बढेपछि तेस्रो सर्किट ब्रेक लागेर सेयर कारोबार बन्द भएको हो ।
दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटको लागि कारोबार स्थगित भई १२ बजेर १ मिनेटमा खुलेको बजार, तीव्र गतिमा बढ्ने क्रमलाई निरन्तरता दिँदै १२ बजेर १ मिनेट ३८ सेकेन्डमा नै ६ प्रतिशत बढेर तेस्रो सर्किट लागेको हो ।
कारोबार खुलेको १ मिनेटमै ४ प्रतिशत नेप्से बढेपछि पहिलो सर्किट लागेर २० मिनेटका लागि बन्द भएको थियो।
त्यसपछि पुन ११ बजेर २१ मिनेटमा पुन ५ प्रतिशतले नेप्से बढेर बजारमा दोस्रो सर्किट लागेको थियो। दोस्रो सर्किटपछि बजार ४० मिनेटका लागि बन्द भएको थियो।
पुन: तेस्रो पटक १२ बजेर १ मिनेटमा खुलेको बजार एक मिनेटमै तेस्रो सर्किट लागेर बन्द भएको हो। यो अवधिमा ५१ करोडको मात्रै कारोबार भएको छ भने २५२ वटाको मूल्य बढेको छ।