राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिक करार सार्वजनिक गरेको छ ।

चुनावमा अन्य दलले वाचा मात्र गरेको भन्दै उसले यसपालि जनतासँग प्रतीज्ञाको करार गरेको भनेको छ ।

रास्वपा सहप्रवक्ता प्रतिभा रावलले भनिन्, ‘चुनावमा वाचा त धेरैले धेरैपटक गरे। तर, पूरा नगरेकाे परिणाम उनीहरूले हाेइन, जनताले नै भाेग्नुपर्‍याे निरन्तर। हामी पूरा नहुने वाचा हाेइन, जनतासँग प्रतीज्ञाकाे करार गर्दै छाैं। विस्तृत फागुन ७ गते कर्णालीबाट।’

रास्वपाले यसपालि प्रधानमन्त्रीको उम्मेदवारका रुपमा बालेन्द्र शाहलाई अघि सारेको छ ।

शाह काठमाडौँ महानगरपालिकाको प्रमुखबाट राजीनामा दिएर चुनावी मैदानमा होमिएका छन् । उनले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा-५ मा उम्मेदवारी दिएका छन् ।