वि.सं. २०८३ असोज १७

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेज्यूको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालय वनस्थली काठमाडौँमा सम्पन्न केन्द्रीय समितिको बैठकले देहायका निर्णयहरु गरेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

१. स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन सम्बन्धमा:
आगामी स्थानीय निर्वाचनका लागि पार्टी महामन्त्री विपिन आचार्यको संयोजकत्वमा गठित केन्द्रीय उम्मेदवार छनोट समितिमा देहाय सदस्यहरु मनोनित गरिएको छ ।
(क) मिलन लिम्बू
(ख) रहबर अन्सारी
(ग) तोसिमा कार्की
(घ) कविन्द्र बुर्लाकोटी
(ङ) सुशान्त बैदिक
(च) टासी ल्हाजोम
(छ) जनक सिंह धामी
(ज) पार्टीको सातै प्रदेशका सभापतिहरु पदेन सदस्य रहने

२. विभागीय प्रमुख र उपप्रमुख मनोनयन सम्बन्धमा:
केन्द्रीय समिति बैठकले देहायका केन्द्रीय विभागहरुमा प्रमुख, उपप्रमुख तथा सदस्य मनोनयन गरेको छ।
प्रमुख
(क) प्रवास सम्पर्क विभाग: मनिष‌ झा
(ख) आर्थिक व्यवस्थापन विभाग- डा. मनोहर प्रधान
(ग) कानुनी मामिला तथा संस्थागत अनुपालन विभाग- मोहनलाल आचार्य
(घ) सामाजिक न्याय, लैङ्गिक समानता तथा समावेशिता विभाग- रुबिना आचार्य
(ङ) सुशासन तथा राज्य व्यवस्था विभाग-सुदिप ढकाल
(च) विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभाग- सुलभ खरेल
(छ) कृषि, भूमि व्यवस्था तथा सहकारी विभाग- ज्ञानेन्द्र महता
(ज) श्रम, रोजगारी तथा सामाजिक सुरक्षा विभाग- दिपक कुमार साह (महोत्तरी)
(झ) आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकार विभाग- शर्मिला खनाल
(ञ) विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभाग- आनन्द बहादुर चन्द
(ट) संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभाग- डा. धनञ्जय रेग्मी, सदस्य: सम्राट बुढाथोकी
(ठ) वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभाग- धर्म के.सी.
(ड) सामाजिक न्याय तथा समता प्रवर्द्धन विभाग- रिमा विश्वकर्मा
उपप्रमुख:
(ढ) अभियान तथा प्रचारप्रसार विभाग- आनन्द मिश्र ‌(उपप्रमुख)
(न) अर्थ विभाग – डिल्लिश्वोर कार्को (रोहन)

३. केन्द्रीय समिति‌ र प्रतिनिधि सभा सदस्यको नेतृत्वमा “हामी आउँदै छौँ” अभियान सम्बन्धमा:
यही असोज २० देखि २७ गते सम्म केन्द्रीय सदस्य तथा सांसदहरुले ७७ जिल्लाका ७५३ पालिकासम्म पुगेर जनता, पार्टी तथा सरोकारवालासँग छलफल तथा सुझाव संकलन गर्नुहुनेछ । बैठकले सबै केन्द्रीय सदस्य तथा सांसदहरुलाई अनिवार्य रुपमा परिचालित हुन निर्देशन गरेको छ ।

४. मधेस प्रदेश संगठनको अडिट रिपोर्ट सम्बन्धमा:
रास्वपा मधेस प्रदेशका संगठनको समस्या तथा समाधानको सम्बन्धमा सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा गठित कार्यदलले विस्तृत प्रतिवेदन केन्द्रीय समिति बैठकमा पार्टी सभापति रवि लामिछानेलाई बुझाएको छ । उक्त प्रतिवेदनको अध्ययनपछि पार्टीले उपयुक्त कदम चाल्नेछ ।

५. पार्टी कार्यालय सम्बन्धमाः
पार्टीको केन्द्रीय कार्यालय अन्यत्र सार्नुपर्ने आवश्यकता महसुस गर्दै पार्टीको लागि जमिन/घर किन्न काठमाडौं उपत्यकाको पायक पर्ने स्थानमा खोजी गर्न पार्टीका सदस्य तथा शुभेच्छुकहरुलाई केन्द्रीय समिति बैठकले अनुरोध गरेको छ ।

६. नजिकिंदो नेपालीहरुको महान् चाडहरु शुभ विजया दशमी, शुभ दिपावली, नेपाल संवतको नव वर्ष, छठ पर्वको सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा राष्ट्रिय स्वतन्त्र पार्टी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।