प्रधानमन्त्री सुशीला कार्कीले शिव चेतना, संयम, करुणा र सहअस्तित्वका प्रतीक भएको बताउनुभएको छ ।

महाशिवरात्रि पर्वका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले महाशिवरात्रि शान्ति, सद्भाव र समृद्धिको पर्व बनोस् भन्ने कामना गर्नुभएको छ । साथै यस पर्वले प्रकृतिसँग सहअस्तित्वमा बाँच्न प्रेरित गर्ने उहाँको भनाइ छ ।

प्रधानमन्त्री कार्कीले आज बिहानै सामाजिक सञ्जालमा पशुपतिनाथ मन्दिरको तस्बिर राख्दै लेख्नुभएको छ-

आज हामी आदियोगी भगवान् शिवको आराधनामा समर्पित छौँ। शिव चेतना, संयम, करुणा र सहअस्तित्वका प्रतीक हुन्।

शिव र शक्तिरप्रकृतिको अद्वैत सम्बन्धले हामीलाई सदा प्रकृतिसँग सहअस्तित्वमा बाँच्न प्रेरित गर्दछ।

महाशिवरात्रि शान्ति, सद्भाव र समृद्धिको पर्व बनोस्। प्रकृतिको संरक्षण, स्वच्छता र दिगो विकासका लागि प्रेरित गरोस्।
सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना। जय शम्भो !