अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हुलाक सेवा विभागमा छापा मारेको छ ।
पार्सलको भन्सारमा गडबढी हुने गरेको सूचनाका आधारमा अख्तियार टोलीले छापा मारेको हो ।
टोलीले केही कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
स्रोतका अनुसार प्रत्येक पार्सलबाट ३०० देखि ५०० रुपैयाँ घुस लिने र भन्सार छल्ने गरेको पाइएको छ । एकै दिनमा उनीहरुले लाखौँ उठाउने र आपसमा भाग लगाउने गरेको अनुसन्धानमा संलग्न अधिकारीले बताएका छन् ।
हुलाक विभागमा अख्तियारको छापा, समातिए भन्सारमा कर्मचारी
२०८२ माघ १८ गते १९:३८