हिजो घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक फेरि उकालो लागेको छ।
आज नेप्से ९ दशमलव २३ अङ्कले बढेर दुई हजार ७१४ दशमलव ६१ विन्दु कायम भएको छ ।
आज १६२ कम्पनीको सेयर मूल्य बढेको छ । दश कम्पनी स्थिर रहँदा ८८ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज बैंकिङ समूह शून्य दशमलव ३१ र व्यापार समूह एक दशमलव १५ प्रतिशत घटेको छ भने बाँकी सबै समूहका उपसूचक बढेको छ । आज सबैभन्दा बढी फाइनान्स समूह दुई दशमलव ३८ प्रतिशत बढेको हो ।
आज ९ अर्ब ७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।