सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई प्रवक्ता तोकेको छ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले अर्याललाई प्रवक्ताको जिम्मेवारी पनि तोकेको हो।
यसअघिका प्रवक्ता जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रीको पदबाट राजीनामा दिएर चुनाव लड्न गएपछि अर्याललाई प्रवक्ता तोकिएको हो।
अर्याल यो सरकार गठन भएपछि पहिलो चरणदेखि नै मन्त्रिपरिषद्मा छन्।