Bidhi Media Logo Icon
Worldlink
Sticky Logo
  • home
  • अर्थतन्त्र
  • साहित्य/कला
  • खेलकुद
  • फोटो फिचर
  • ब्लग
  • विज्ञान/प्रविधि
  • राजनीति
  • अन्य
    • विचार
    • विशेष
    • समाज
  • English
  • अर्थतन्त्र
  • साहित्य/कला
  • खेलकुद
  • फोटो फिचर
  • ब्लग
  • राजनीति
  • विचार
  • विज्ञान/प्रविधि
  • विशेष
  • समाज
  • English
शीर्ष खबर
fiber_manual_record कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय fiber_manual_record मतदानको ७ दिनअघिदेखि देशभर मदिरा प्रतिबन्ध fiber_manual_record बंगलादेशका प्रधानमन्त्रीको शपथमा नेपालबाट परराष्ट्रमन्त्री सहभागी हुने fiber_manual_record बयान फेर्ने साक्षीविरुद्ध पनि भ्रष्टाचार मुद्दा fiber_manual_record चुनावी सुरक्षा योजना नयाँ चरणमा प्रवेश, यस्तो छ सरकारको समीक्षा

प्रतिनिधिसभा निर्वाचन : उम्मेदवारविरुद्ध उजुरी खुला

विधिन्युज
विधिन्युज

२०८२ माघ ७ गते ०६:०१

election
मनोनयन पत्र दर्ता गरी उम्मेद्वारको सूचीमा समावेश भएका उम्मेदवार विरुद्ध आज उजुरी दिन सकिने छ ।
प्रतिनिधिसभा निर्वाचन कार्यतालिका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएका उम्मेदवारको योग्यता पुगेको छैन भने त्यसको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ । मंगलबार १६५ वटै निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता भएको थियो ।
योग्यता नपुगको उम्मेदवारका विरुद्ध उजुरी दिने क्रम सुरु भएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिनुभयो । सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतसमक्ष प्रतिनिधिसभा निर्वाचन निदेशिका, २०८२ को अनुसूची १६ बमोजिम उजुरी दिन सकिने उहाँले बताउनुभयो ।
कसैले उजुरी दिएमा निर्वाचन अधिकृतले निर्देशिकाको अनुसूची १७ बमोजिमको दर्ता किताबमा दर्ता गरी अनुसूची १८ बमोजिमको भरपाइ सम्बन्धित उजुरी कर्तालाई दिनुपर्छ ।
निर्वाचन कार्यक्रम बमोजिम निर्वाचन अधिकृतले उम्मेद्वारको बिरोधमा उजुरी गर्ने म्याद समाप्त भएपछि म्यादभित्र दर्ता हुन आएका उजुरीको विवरण अनुसूची १९ बमोजिम तयार गरी कार्यालयमा प्रकाशन गर्नुपर्ने छ । यसरी प्रकाशन गरिने सूचनामा जसका विरुद्ध उजुरी परेको हो सो पक्षले सूचनामा तोकिएको अवधिमा प्रमाणसहित उपस्थित हुनुपर्नेछ । यसरी सूचना प्रकाशन भएपछि सम्बन्धित उम्मेद्वारले सो को सूचना पाएको मानिनेछ ।
आज दिउँसो ३ बजेदेखि यही माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय गरिनेछ । माघ ८ गते बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेद्वारको नामावली प्रकाशन गरिनेछ । माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेद्वारले नाम फिर्ता लिने समय तोकिएको छ ।
माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ । आयोगमा अहिलेसम्म प्राप्त जानकारी अनुसार पुरुष ३०८९, महिला ३९६ र तेस्रो लिङ्गी १ गरी ३४८६ को उम्मेद्वारी दर्ता भएको छ ।

ClassicTech Ad

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरु

संविधान संशोधन बहसमा महिलाहरूको सुझाव

शिक्षामन्त्रीसँग इयू आबद्ध मुलुकका राजदूतहरुको शिष्टाचार भेटवार्ता

संविधान संशोधन तयारी: राजनीतिक दलका नेताहरूको सुझाव सङ्कलन

जनमत सर्वेक्षण

Live
Prominent Leaders

जनमत चुनाव

खुल्ना जनमत चुनाव

तपाईंको विचारमा देशको आर्थिक भविष्यका लागि सबैभन्दा उपयुक्त नेता को हुन्?"

हालसम्म ३४,५१२ मत दर्ता भइसकेका छन्

trending_up ट्रेन्डिङ समाचार

  • १

    सिंहदरबारका माउसुलीहरु

  • २

    Swar Samrat: The Enduring Legacy of Narayan Gopal

  • ३

    Imperialism and War in West Asia: The Political Economy of the U.S.-Israel-Iran Rivalry

  • ४

    गेमिङदेखि स्ट्रिमिङसम्म: क्लासिकटेकले बदल्दैछ नेपालको इन्टरनेट अनुभव

  • ५

    महावीर पुन पनि मन्त्री पद छाडेर चुनावी मैदानमा

  • ६

    एकै दिन २० हजार ५०० ले घट्यो सुनको मूल्य

Nepal Top Ads Ad
Bidhi Logo Footer

बिधि न्यूज

बिधि न्यूजले राजनीति, अर्थतन्त्र, समाज र विश्वभरका सही र समय सान्दर्भिक समाचारहरू प्रदान गर्दछ। हामी निष्पक्ष र जिम्मेवार पत्रकारिताप्रति प्रतिबद्ध छौं।

मुख्य विधाहरू

  • विज्ञान/प्रविधि
  • ब्लग
  • साहित्य/कला
  • खेलकुद
  • विशेष

हाम्रोबारे

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • नियम र शर्त
  • विज्ञापन
  • सम्पर्क

हामीलाई सम्पर्क गर्नुहोस्

  • location_on
    काठमाडौं, नेपाल, नयाँ बानेश्वर-१०
  • phone
    9704902235
  • email
    [email protected]

© 2026 बिधि न्यूज प्रालि. सर्वाधिकार सुरक्षित।

Crafted by Creative ideas