नेपाली कांग्रेस पुनः विभाजनको शिकार भएको छ।

पार्टीका शीर्ष नेताहरुबीच चलिरहेको विवाद अन्त्य नहुँदा शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले महामन्त्रीद्वय गगनकुमार थापा र महामन्त्री विश्वप्रकाश शर्मा अनि सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई छ वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ।

थापा–शर्मा समूहले पार्टीको आधिकारिक निर्णयविपरीत विशेष महाधिवेशन बोलाएर नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढाएको आरोप लगाएको छ।

थापा समूहले भने नियमित महाधिवेशनको सट्टा पार्टीको रुपान्तरण र नेतृत्व परिवर्तन गर्ने प्रस्ताव अघि सारी विशेष महाधिवेशन आयोजना गरेको थियो। देउवा पक्षलाई विशेष महाधिवेशन स्वीकार्य नहुँदा पार्टी नै विभाजन हुन पुगेको हो।

आज बिहान सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले थापा, शर्मा र मन्सुरलाई अनुशासन उल्लंघन गरेको ठहर गर्दै ५ वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको केन्द्रीय नेताहरूले घोषणा गरेका थिए।

थापा–शर्मा पक्षको विशेष महाधिवेशनले अहिले गगन थापालाई सभापतिमा चयन गर्ने प्रक्रिया अगाडि बढाएको छ। उनले सभापति पदका लागि उम्मेदवारी दर्ता गराइसकेका छन्।

विवाद समाधान गर्नका लागि देउवा र थापा–शर्मा समूहबीच विभिन्न चरणमा वार्ता गरिए पनि निष्कर्षमा सहमति हुन सकेन। देउवाले आफ्नो पद छोड्न र महाधिवेशनका निर्णय स्वीकार गर्न नमानेपछि पार्टी विभाजनमा पुगेको हो।

संयोग के छ भने यसअघि पनि कांग्रेस विभाजन हुँदा मुख्य भूमिकामा देउवा थिए। फरक यत्ति छ कि पहिला देउवा संस्थापनइतर भएर पार्टी फुटाए र अहिले संस्थापनमा रहेर फुटाउन भूमिका खेले।