सरकारले नेपाल प्रहरीको रासन भत्ता बढाएको छ ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले अन्य सुरक्षा निकायसँग समानता कायम हुने गरी रासन भत्ताको स्केल बढाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको यो निर्णयसँगै सरकारकै सुरक्षा निकायबीचको रासनमा विभेद अन्त्य भएको छ ।
गृहमन्त्री समेत रहेका सरकारका प्रवक्ता ओमप्रकाश अर्यालका अनुसार, आगामी फागुन १ गतेदेखि लागू हुनेगरी रासन स्केल र दैनिक रकम वृद्धि गर्ने निर्णय भएको हो ।
‘२०८२/११/१ गतेदेखि लागू हुनेगरी नेपाल प्रहरीको रासन स्केल र रासन बापतको दैनिक रकम वृद्धि गर्ने,’ निर्णय सुनाउँदै अर्यालले भने ।