नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा पोखरा एभेन्जर्सका क्यानडेली ओपनर युवराज सिंह सम्राले पहिलो शतक प्रहार गरेका छन्। उनले काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णाली याक्सविरुद्ध मात्र ४५ बलमा १०० रन पूरा गरेका हुन्।

२० वर्षीय सम्राले आफ्नो विस्फोटक इनिङ्समा १० चौका र ६ छक्का प्रहार गरे। उनको आक्रामक ब्याटिङले पोखरा एभेन्जर्सलाई बलियो अवस्थामा पुर्‍याएको छ।

सम्राले यसअघि पुरुष टी–२० विश्वकपको इतिहासमा सबैभन्दा कम उमेरमा शतक बनाउने खेलाडीको कीर्तिमानसमेत राखेका छन्। एनपीएलमा शतक प्रहार गर्दै उनले अन्तर्राष्ट्रिय क्रिकेटमा देखाएको आक्रामक ब्याटिङ क्षमता नेपाली फ्रेन्चाइज क्रिकेटमा पनि प्रदर्शन गरेका छन्।