उत्तेजक र साम्प्रदायिक अभिव्यक्ति दिएर बारम्बार विवादमा आइरहने अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत नेपाल) फेरि प्रहरी छानबिनको घेरामा तानिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधिसभा उम्मेदवार समेत रहेका नेपाललाई प्रहरीको केन्द्रीय साइबर ब्युरोले बयानका लागि बोलाएको छ ।

साइबर ब्युरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थलीले नेपाललाई केही बुझ्नुपर्ने भएकाले बोलाइएको बताए ।

नेपालले सामाजिक सञ्जालमार्फत घृणास्पद अभिव्यक्ति दिँदै आएका छन् । उनले धार्मिक र साम्प्रदायिक सद्भाव भड्काउने खालका अभिव्यक्ति पनि दिएका छन् । उनले हालै पृथ्वीनारायणका सन्दर्भमा पनि इतिहासका तथ्यहरु तोडमोड गरी समुदायलाई भड्काउने र क्रूरता फैलाउने खालका अभिव्यक्ति दिएका कारण विवादमा आएका थिए।

नेपालले झापा-२ बाट उम्मेदवारी दिएका छन् ।