१. पुल जडानः
• नुवाकोट जिल्ला, विदुर न.पा.-५, देवीघाटस्थित तादी नदीमा नेपालीसेना को इन्जिनियरिङ फौजबाट खट्टिएको ५५ जनाको टोलीले ६० मिटर लम्बाई र ५.५ मिटर चौडाइ तथा ५० टन क्षमताको एक्रो बृज ढुवानी गरी पुल निर्माणको कार्यलाई तीव्र रूपमा अगाडि बढाइरहेको।

२. हवाई खोज तथा उद्धार कार्यः
• नेपाली सेना द्वारा हवाई साधनमार्फत आज मिति २०८३ भाद्र २० गतेको १३०० बजेसम्म विभिन्न प्रभावित इलाकाहरूबाट १७ जनाको उद्धार गरिएको।

३. टनेलमा खोज तथा उद्धार कार्य
• त्रिशूली3A मा जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको नेपाली सेनाका ७५, सशस्त्र प्रहरी बल, नेपालका १८ एवम् नेपाल प्रहरी र विज्ञ सहितको संयुक्त उद्धार टोलीद्वारा थप खोज तथा उद्धार कार्य जारी रहेको।
• त्रिशूली3B मा नेपाली सेनाका ८९, गैर सैनिक ३ र आयोजनाका प्रबन्ध निर्देशक सहितको संयुक्त उद्धार टोलीद्वारा Bobcat र जेनेरेटरको प्रयोग गरी खोजी कार्य जारी रहेको।
• चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त टोलीले Mini Excavator र Mud Pump को सहायताले लेदो फाल्ने कार्य गरी पुनः १०५ मिटर भित्रसम्म पुगेको।
• माथिल्लोत्रिशुली१ को हाकु स्थित टनेलमा नेपाली सेनाका २० जना र आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीले Compressor र अन्य उपकरणको प्रयोग गरी २५० मिटरसम्म भित्र पुगी खोजी कार्य गरिरहेको। साथै, टनेलमा रहेको लेदो फाल्ने कार्य भइरहेको।

४. जमिनी खोज तथा उद्धार र राहत
• प्रभावित क्षेत्रका मैलुङदेखि स्याफ्रूबेसी इलाकासम्म पैदल गस्ती गरी खोज तथा उद्धार कार्य गरिरहेको। साथै, नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेको आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पट्रोलबाट हालसम्म जम्मा ३२६६ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
• रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रहरूमा नेपाली सेनाका ९ हजार ३ सय भन्दा बढी फौज प्रत्यक्ष रूपमा खटिई समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सुचारु एवम् आपत्कालीन उपचार कार्य गरिरहेको।